श्री गोरखा आधारभूत विद्यालय पुनर्वास नगरपालिका वडा नं.३ रामबस्ती पुनर्वास क्षेत्रकै पुरानो विद्यालय भित्रपर्ने एउटा विद्यालय हो । यस विद्यालयको आफ्नै गौरव र इतिहास छ । प्रायःतामाङ समुदायका विधार्थीहरु अध्ययन गर्ने यो विद्यालयमा हाल कक्षा ८ सम्म पठनपाठन भइरहेको छ । अंग्रेजी भाषा प्रतिको मोहले गर्दा विद्यार्थीहरुलाई बोर्डिङ विद्यालयमा पढाउने प्रतिस्पर्धी चलिरहेको अवस्थालाई ध्यानमा राखि हामीले पनि नर्सरी देखि क्रमशःअंग्रेजी विषयको पाठ्यपुस्तकलाई थप अध्यापन गर्ने व्यवस्था मिलाएका छौ र हाल त्यो क्रम कक्षा ४ सम्म चलिरहेको छ । विद्यालयको शैक्षिक विकासका लागि यहाँका जनप्रतिनिधीहरुले पनि उच्च प्राथमिकतामा राखेको छ । अभिभावकहरुको पूर्णरुपमा साथ र सहयोग भएमा विद्यालयको सर्वाङ्गीण विकास गर्न वि.व्य.स.कार्यबद्ध रहने नै छ । हाल विद्यालयमा विद्यार्थी संख्या न्युन रहेकोले विद्यार्थी संख्या वृद्धि गर्नु नै मुख्य चुनौती रहेको छ ।
विद्यालयको शैक्षिक उन्नतिको लागि विशेषत समुदायको महत्वपूर्ण भूमिका अपरिहार्य छ । विद्यालयलाई आफ्नो सम्पति र समुदायको गौरव ठानी तदनुरुप आफ्ना क्रियाकलापहरु अगाडी बढाउनु अभिभावकहरुको मुख्य जिम्मेवारी रहनुपर्ने छ । शिक्षकहरुको मिहेनत ,नवीनतम ज्ञानको प्रयोगले पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने भएकोले तदनुरुप शिक्षक चल्नु आवश्यक छ ।
धन्यवाद