नेपालको सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा नं.३ रामबस्ती स्थित श्री गोरखा आधारभूत विद्यालय पुनर्वासको मुटुमा रहेको पुरानो विद्यालय हो । वि.स.२०३७ साल फागुन ५ गते स्थापना भएको यस विद्यालयमा हाल कक्षा ८ सम्मको पढाई भैरहेको छ। विगतमा गाउँ घरमा स्कुल खासै नभएको समयमा यस विद्यालयमा विद्यार्थी संख्या उल्लेख मात्रामा रहेको देखिन्छ । यहाँबाट अध्ययन गरि जानेहरु कुनै कुनै व्यक्तित्वहरु हाल देशको उच्च पदस्त स्थानमा हुनुहुन्छ।तामाङ समुदायको ९९.५%बाहुल्यता रहेको यस विद्यालयमा हाल विद्यार्थी संख्यामा कमी रहेको छ । कारण विभिन्न रहेका छन् जसमध्ये बोडिङ स्कुल प्रति मोहो बढ्नु ,चारैतिर विद्यालय सञ्चालनमा आउनु ,समुदायको आर्थिक स्तर बढ्नु ,जनसंख्या वृद्धिदर कम हुनु नै मुख्य कारण रहेका छन् । भौतिक र शैक्षिक रुपमा विद्यालयको अवस्था राम्रो नै छ । विद्यालयको नाममा करिब ४ बिगाहा जमिन छ । खेल्ने चौर,भवन,शौचालय ,सुचना प्रविधि (सामान्य) ,बालमैत्री वातावरण ,नेपाल सरकारको दिवा खाजा कार्यक्रम,लगनशील तथा तालिम प्राप्त दक्ष र अनुभवी शिक्षक आदिको व्यवस्था रहेको छ ।
तसर्थ विद्यालयको शैक्षिक उन्नतिको लागि विशेषत समुदायको महत्वपूर्ण भूमिका अपरिहार्य छ । विद्यालयलाई आफ्नो सम्पति र समुदायको गौरव ठानी तदनुरुप आफ्ना क्रियाकलापहरु अगाडी बढाउनु अभिभावकहरुको मुख्य जिम्मेवारी रहनुपर्ने छ । शिक्षकहरुको मिहिनेत ,नवीनतम ज्ञानको प्रयोगले पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने भएकोले तदनुरुप शिक्षक चल्नु आवश्यक छ ।
धन्यवाद