श्री बम ब. तामाङ - अध्यक्षMr. Bam B. Tamang - Chairman
श्री गोरखा आधारभूत विद्यालय पुनर्वास नगरपालिका वडा नं.३ रामबस्ती पुनर्वास क्षेत्रकै पुरानो विद्यालय भित्रपर्ने एउटा विद्यालय हो । यस विद्यालयको आफ्नै गौरव र इतिहास छ । प्रायःतामाङ समुदायका विधार्थीहरु अध्ययन गर्ने यो विद्यालयमा हाल कक्षा ८ सम्म पठनपाठन भइरहेको छ । अंग्रेजी भाषा प्रतिको मोहले गर्दा विद्यार्थीहरुलाई बोर्डिङ विद्यालयमा पढाउने प्रतिस्पर्धी चलिरहेको अवस्थालाई ध्यानमा राखि हामीले पनि नर्सरी देखि क्रमशःअंग्रेजी विषयको पाठ्यपुस्तकलाई थप अध्यापन गर्ने व्यवस्था मिलाएका छौ र हाल त्यो क्रम कक्षा ४ सम्म चलिरहेको छ । विद्यालयको शैक्षिक विकासका लागि यहाँका जनप्रतिनिधीहरुले पनि उच्च प्राथमिकतामा राखेको छ । अभिभावकहरुको पूर्णरुपमा साथ र सहयोग भएमा विद्यालयको सर्वाङ्गीण विकास गर्न वि.व्य.स.कार्यबद्ध रहने नै छ । हाल विद्यालयमा विद्यार्थी संख्या न्युन रहेकोले विद्यार्थी संख्या वृद्धि गर्नु नै मुख्य चुनौती रहेको छ । विद्यालयको शैक्षिक उन्नतिको लागि विशेषत समुदायको महत्वपूर्ण भूमिका अपरिहार्य छ । विद्यालयलाई आफ्नो सम्पति र समुदायको गौरव ठानी तदनुरुप आफ्ना क्रियाकलापहरु अगाडी बढाउनु अभिभावकहरुको मुख्य जिम्मेवारी रहनुपर्ने छ । शिक्षकहरुको मिहेनत ,नवीनतम ज्ञानको प्रयोगले पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने भएकोले तदनुरुप शिक्षक चल्नु आवश्यक छ । धन्यवाद
Shree Gorkha Basic School, located in Rambasti, Ward No. 3 of Punarwas Municipality, is one of the oldest schools within the Punarwas region. This school has its own pride and history. Mostly students from the Tamang community study in this school, which currently conducts classes up to Grade 8. Keeping in mind the competitive trend of sending children to boarding schools driven by a strong attraction towards the English language, we have also arranged for additional English-medium textbooks starting progressively from the nursery level, which has currently reached Grade 4.
The local representatives have also placed high priority on the educational development of the school. With the full support and cooperation of the parents, the School Management Committee (SMC) remains firmly committed to the holistic development of the school. Currently, due to a low number of students, increasing student enrollment stands as our primary challenge.
The active role of the community is indispensable for the educational advancement of the school. It should be the prime responsibility of parents to treat the school as their own property and community pride, and to move forward with their activities accordingly. Furthermore, since quality education can be delivered through the hard work of teachers and the application of modern knowledge, teachers need to adapt and operate accordingly. Thank you.
